logo
  • शनिबार, असोज १७ २०८३

घरेलु टोली इङ्ग्ल्याण्डबाट भारतले तेस्रो टेस्टमा १ सय ९३ रनको सामान्य लक्ष्य पायो


  • पब्लिक सूचना
  • सोमबार, असार ३० २०८२

घरेलु टोली इङ्ग्ल्याण्डबाट भारतले तेस्रो टेस्टमा १ सय ९३ रनको सामान्य लक्ष्य पाएको छ ।

पहिलो इनिङ बराबरीमा सकिएपछि इङ्ग्ल्याडले दोस्रो इनिङमा १ सय ९२ रन मात्र जोड्न सकेको थियो ।

दोस्रो इनिङमा जो रुट सर्वाधिक ४० रन बनाए । कप्तान बेन स्टोक्स ३३, ह्यारी ब्रुक २३ तथा ज्याक क्रली २२ रनमा आउट भए ।

May be an image of 2 people and text

इङ्ग्ल्याण्डलाई कम रनमा नै रोक्न भारतका वासिंटन सुन्दरले ४, मोहम्मद सिराज र जसप्रित बुमराहले समान २ तथा आकाश दिप र नितिशकुमार रेड्डीले समान १ विकेट लिए ।

भारतले आइतवार लक्ष्य पछ्याउन दोस्रो इनिङको सुरुवात गरेको छ । ४ विकेट गुमाएर ५८ रन जोड्दा चौथो दिनको खेल सकिएको छ। भारतका केएल राहुल ३३ रनमा नटआउट छन् ।

करुण नायर १४, कप्तान शुभमन गिल ६ तथा आकाश दिप १ रनमा आउट भए । ६ विकेट बाँकी रहँदा भारत लक्ष्यबाट १ सय ३५ रन टाढा छ । तेस्रो टेस्टको पहिलो इनिङमा दुबै टोलीले समान ३ सय ८७ रनमा अल आउट भएको हो ।

May be an image of 2 people and text that says 'CYDTA surer 益 GRem Rem'

५ टेस्टको सिरिज १-१ को बराबरीमा छ । पहिलो टेस्टमा इङ्ग्ल्याण्ड र दोस्रोमा भारत विजयी भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend