पब्लिक सूचना
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय सुचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
गैरकानुनी लाभ लिएको भन्दै अख्तियारले पौडेलसहित ६ जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
गुणस्तरहिन प्रोसेसर रहको स्टोरेज आपूर्ति गरी झुटा कागजातहरू पेस गरेर १५ करोड रूपैयाँ भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ।
अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पौडेलसहित केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल र कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, वर्ल्ड डिष्ट्रिब्युसन नेपाल प्रालि कान्तिपथ काठमाडौं र उक्त कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरूण श्रेष्ठविरूद्ध मुद्दा दर्ता गरिएको हो।
अख्तियारले उनीहरूविरूद्ध १५ करोड ८८ लाख ५० हजार बिगो माग दाबी गरेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend