logo
  • आइतबार, असोज १८ २०८३

नवलपुरमा एक पुरुषको शव फेला, भोटेकोशीमा बेपत्ताको हुन सक्ने अनुमान


  • पब्लिक सूचना
  • शुक्रबार, असार २७ २०८२

नवलपुर, असार २७ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नेपाल–भारत सीमानाको त्रिवेणी ब्यारेज पुलमा एक पुरुषको शव फेला परेको छ । शवको पहिचान भने हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुलमा घोप्टो परेर तैरिरहेको अवस्थामा अन्दाजी ३५-४० वर्षीय पुरुषको शव फेला परेको हो । उनको हातमा विनोद लेखेको ट्याटु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी मधु नेपालले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय त्रिवेणी र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले शव निकालेको हो । शव पोष्टमार्टमका लागि पठाइएको छ । भोटेकोशीको बाढीमा परी वेपत्ता व्यक्तिको शव हुन सक्ने अनुमान गरिए पनि यकिन भने नभएको नेपालले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend