logo
  • शनिबार, असोज १७ २०८३

बङ्गलादेशसँग जुलाई १३ र १६ तारिख हुने मैत्रीपूर्ण फुटबल खेलका लागि महिला फुटबल टोलीको बिदाइ


  • पब्लिक सूचना
  • मंगलबार, असार २६ २०८०

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशसँग जुलाई १३ र १६ तारिख हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला फुटबल टोलीको बिदाइ गरेको छ ।

सातदोवाटोस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रमबीच सोमबार एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायतले महिला टोलीको बिदाइ गर्नुभयो । नेपालले चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा लागि बङ्गलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले यसअघि बङ्गलादेशसँग गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । त्यतिवेला नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । यसपटक नेपाललाई गल्ती सुधार गर्दै बङ्गलादेशसँग बलदा लिने अवसर छ ।

May be an image of 4 people and text

मैत्रीपूर्ण खेलमा लागि प्रशिक्षक अनन्तराज थापाले यसअघिनै एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसक्नुभएको छ । नेपाली टोली मंगलबार बङ्गलादेश जानेछ ।

May be an image of 5 people, people playing soccer and text

नेपाली महिला टोली 

गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान),  अन्जना रानामगर र उषा नाथ

रक्षक : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा र समीक्षा घिमिरे

मिडफिल्डर :  रेनुका नगरकोटी, सरूँ लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई र दीपा शाही

स्ट्राइकर : सावित्री भण्डारी, सबिता रानामगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल र अनिता केसी ।

May be an image of 6 people and text

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend