logo
  • शनिबार, असोज १७ २०८३

इमर्जिङ टिम्स एसिया कपमा भाग लिने नेपाली क्रिकेट टोली सोमबार श्रीलङ्का प्रस्थान


  • पब्लिक सूचना
  • मंगलबार, असार २६ २०८०

श्रीलङ्कामा जुलाई १३ तारिखदेखि सुरु हुने इमर्जिङ टिम्स एसिया कपमा भाग लिने नेपाली क्रिकेट टोली सोमबार श्रीलङ्का प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार नै खेलाडी टोलीको बिदाइ गरेको हो । टोलीलाई यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले बिदाइ गर्नुभयो । क्यानले यसअघि नै इमर्जिङ टिम्स एसिया कप खेल्ने १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको थियो ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा सूर्य तामाङ, सन्दीप जोरा, श्याम ढकाल र देव खनालले पुनरागमन गर्नुभएको छ । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी पनि टोली बाहिर हुनुहुन्छ ।

क्यानडामा आयोजना हुने टी-२० ग्लोबल खेल्न जान लागेका कारण सन्दीप र दीपेन्द्रलाई टोली बाहिर राखिएको हो । आइसिसी एक दिवसीय विश्वकप खेलेका चार खेलाडीमा करण केसी र ज्ञानेन्द्र मल्ललाई पनि विश्राम दिइएको छ ।

No photo description available.

यस्तै क्यानले पारिवारिक कारण आरिफ शेखले प्रतियोगिता खेल्न नसक्ने भएपछि उहाँको स्थानमा पवन सरार्फलाई टोलीमा समेटेर श्रीलङ्का पठाएको छ । प्रतियोगिता १३ जुलाई १३ देखि जुलाई २३ सम्म श्रीलङ्कामा हुनेछ ।

प्रतियोगितामा नेपाल समूह  ‘बी’ मा रहेको छ । यस समूहमा नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), पाकिस्तान र भारत ‘ए’ छन् । समूह  ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश,  अफगानिस्तान र ओमान छन् ।

नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ‘ए’ सँग खेल्छदै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ‘ए’ सँग खेल्नेछ । नेपालले जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यस प्रतियोगिताको कुनै पनि खेललाई एक दिवसीय मान्यता रहनेछैन ।

नेपाली टोली 

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भिम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललितनारायण राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

No photo description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend