logo
  • आइतबार, असोज १८ २०८३

बाबुछोराको संयुक्त कविताकृति ‘वंशवृक्ष’ सार्वजनिक


  • पब्लिक सूचना
  • आइतबार, असार २२ २०८२

काठमाडौं । पत्रकार तथा साहित्यकार प्रा. पुरुषोत्तम दाहाल र उनका पुत्र अनिमेषद्वारा लिखित संयुक्त कवितासंग्रह ‘वंशवृक्ष’ सार्वजनिक गरिएको छ । शनिबार (असार २१) काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, राधेश्याम लेकाली, प्रा. विष्णु केसी, कलानिधि दाहाललगायत साहित्यकारले उक्त कवितासंग्रह लोकार्पर्ण गरेका हुन् ।

यो कवितासंग्रहमा पुरुषोत्तमका १७ र अनिमेषका १३ कविता समेटिएको छ । कृतिमाथि प्रा. केसी र खेमनाथ दाहालले समीक्षात्मक चर्चा गरे ।

मिलाप पब्लिकेसनद्वारा आयोजित कार्यक्रममा प्रा. दाहालले कविताकृतिबारे बोले । उनका यसअघि कविता, उपन्यास र जीवनी गरेर दर्जनजति पुस्तक प्रकाशित छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend