logo
  • आइतबार, असोज १८ २०८३

टेक्सासको बाढीमा मृत्यु हुनेको संख्या ४६ पुग्यो, २० किशोरी अझै बेपत्ता


  • पब्लिक सूचना
  • आइतबार, असार २२ २०८२

अमेरिकाको टेक्सासमा भीषण वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४६ पुगेको छ।

शुक्रबार भीषण वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४६ पुगेको र २० जना किशोरी अझै बेपत्ता रहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।

मृत्यु हुनेमा १८ जना किशोरी र बालिका तथा २८ जना बयस्कहरू छन्।

बेपत्ता भएका किशोरीहरू ग्रीष्मकालीन शिविरका लागि क्याम्प मिस्टिकमा थिए।

क्याम्प मिस्टिक टेक्सासको सबैभन्दा पुराना र प्रतिष्ठित बालिका शिविरहरूमध्ये एक हो। यहाँ सयौं बालिकाहरू हरेक वर्ष भाग लिन्छन्। उनीहरूलाई आत्मनिर्भरता, नेतृत्व विकास लगायत विभिन्न विषयहरू सिकाइन्छ।

यस साता क्याम्प मिस्टिकमा झन्डै ७०० किशोरीहरू सहभागी थिए।

क्याम्प मिस्टिक टेक्सासको केर काउन्टीको ग्वाडलुप नदी किनारमा छ । शुक्रबार नदीको बहाब बढेर बाढी आउँदा त्यहाँ धेरै किशोरीहरूलाई बगाएको अनुमान गरिएको छ।

केहीलाई उद्धार गरिए पनि बेपत्ता रहेका २० जना किशोरीहरुको खोजी कार्य व्यापक बनाइएको छ।

बाढीले धेरै घरहरूमा क्षति पुर्‍याएको छ। प्रमुख सडक र पुलहरूमा पनि बाढीले क्षति पुर्‍याएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend