logo
  • आइतबार, असोज १८ २०८३

ज्वाइँद्वारा ससुरालीमा सामूहिक हत्या


  • पब्लिक सूचना
  • आइतबार, असार २२ २०८२

भोजपुर, असार २२ गते । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै घरको चार जना सदस्यको निर्मम हत्या भएको छ ।

भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ज्वाइँ राजेन्द्र राईले ससुराली घरका ससुरा, सासु, श्रीमती र सालोको सामूहिक हत्या गरी आफु पनि छुरा प्रहार गरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राईले ६८ वर्षीया ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासु मन्जु गिरि, १५ वर्षीया श्रीमती मनिषा गिरि र नौ वर्षीय सालो सयन गिरि हत्या गरेको जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपर ल्याउने तयारी भएको छ भने घटनाका कारण घरायसी द्वन्द्व हुन सक्ने प्रहरीको आँकलन छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend