पब्लिक सूचना
साविक जनकपुर बोल्ट्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का लागि ७ खेलाडीको रिटेन गरेको छ । जनकपुरले सामाजिक संजालमार्फत ७ खेलाडी रिटेन गरेको जनाएको हो । मार्की खेलाडी आसिफ शेखसहितका ७ खेलाडीलाई रिटेन गरेको हो । टोलीले कप्तान अनिल साह, ललितनाराण राजवंशी, शुभ कसांकार, तुलबहादुर थापा, किशोर महतो र रुपेश सिंहलाई रिटेन गरेको छ । जनकपुरले अन्य ५ खेलाडीलाई रिलिज गरेको छ । रिलिज हुने खेलाडीहरुमा आकाश त्रिपाटी, विशाल शुस्लिङ्ग, हेमन्त धामी, अरनिको यादव र शेर मल्ल रहेका छन् ।
रिटेन खेलाडी
आसिफ शेख
अनिल साह
ललितनाराण राजवंशी
शुभ कसांकार
तुलबहादुर थापा
किशोर महतो
रुपेश सिंह
रिलिज खेलाडी
आकाश त्रिपाटी
विशाल शुस्लिङ्ग
हेमन्त धामी
अरनिको यादव
शेर मल्ल
गत संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउदै जनकपुर च्याम्पियन भएको थियो । एनपिएलको पहिलो संस्करणमा मार्की खेलाडी बाहेकको खेलाडीलाई कप्तान बनाउने जनकपुर एक मात्र टोली रहेको थियो । अन्य सात टोलीले मार्की खेलाडीलाई नै टोलीको कप्तानीको जिम्मा दिएका थिए ।
सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमाडौं गोर्खाज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र चितवन राइनोजले पनि रिटेन र रिलिज खेलाडीको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्टमा एनपिएलको दोस्रो संस्करणका लागि अक्सनको आयोजना गर्दैछ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend