logo
  • शनिबार, असोज १७ २०८३

नेपालले सेमिफाइनलमा टस जित्यो


  • पब्लिक सूचना
  • बिहिबार, असार १९ २०८२

एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा साविक विजेता नेपालले घरेलु टोली मलेसियाविरुद्धको सेमिफाइनलमा टस जितेको छ ।

मलेसियाको सिलेगंर ट्रफ क्लबमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर बलिङ रोजेका छन् । नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।

समूह चरणमा नेपालले खेलेका सबै ४ खेल जितेको थियो । मलेसियाले भने समूह चरणका ४ मध्ये ३ खेलमा सफलता प्राप्त गरेको थियो ।

गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । फाइनलमा नेपालले २ सय २१ रनको जित निकालेको थियो । दोस्रो सेमिफाइनल हङकङ र सिंगापुरबीच आज नै हुनेछ ।

एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता थियो ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend