पब्लिक सूचना
एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
उज्वेकिस्तानमा भइरहेको समूह ‘एफ’ को छनोटमा नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा ६ बजे सुरु हुनेछ।
छनोटमा यसअघि नेपालले पहिलो खेलमा लाओससँग खेलेको थियो। सावित्रा भण्डारी साम्बाले पहिले पटक कप्तानी गरेको सो खेलमा नेपालले लाओसलाई ९-० गोलले पराजित गरेको थियो।
नेपालका लागि कप्तान साम्बाले पाँच गोल गरेकी थिइन्। यता पहिलो खेलमा श्रीलंकाले भने आयोजक उज्वेकिस्तानसँग १०-० गोललेको हार ब्यहोरेको थियो।
सन् २०१० यता नेपाल र श्रीलंकाबीच ८ खेल भएका छन्। आठै खेलमा नेपाल विजयी भएको छ। आठ खेलमा नेपालले श्रीलंकाविरूद्ध ३० गोल गर्दा अहिलेसम्म गोल खान परेको छैन।
नेपालका लागि कमजोर प्रतिद्वन्द्वी श्रीलंकालाई नेपालले गत वर्षको साफ च्याम्पियनसिपमा ६-० गोलले हराएको थियो।
समूहको शीर्ष टोली मात्र अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा पुग्नेछ। त्यसैले अन्तिम खेलमा आयोजक उज्वेकिस्तानसँग भिड्नुअघि नेपाल श्रीलंकामाथि सानदार जित निकाल्न चाहान्छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend