logo
  • आइतबार, असोज १८ २०८३

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, प्रतिलिटर पाँच रुपियाँ


  • पब्लिक सूचना
  • मंगलबार, असार १७ २०८२

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपियाँले वृद्धि गरेको हो ।

यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर चार रुपियाँले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ पुगेको छ । डिजल र मट्टितेल प्रतिलिटर १४९ रुपियाँ पुगेको छ । इण्डियन आयल निगमले आज पठाएको सूचीअनुसार यहाँ मूल्य वृद्धि गरिएको आइल निगमका पदाधिकारीहरुको भनाइ छ ।

यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend