logo
  • शनिबार, असोज १७ २०८३

पशु कार्यालयका प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • पब्लिक सूचना
  • बुधबार, असार ११ २०८२

काठमाडौँ, असार ११ गते। पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख डा. प्रभात झासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको अख्तियर दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो।

भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका तत्कालीन कार्यालय प्रमुख, वरिष्ठ पशु विकास अधिकृत डा. झा र तत्कालीन सह लेखापाल अनिल लिम्बू, मोदक एड्भटाइजिङ प्रा लि तथा सोकापोपाइटर कौशल राज सिंहविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भेटेनरी कार्यालय भवन निर्माण बोलपत्र आह्वानको कुनै पनि सूचना बिना गरेको र  प्रतिवादीको मिलेमतोमा झुटाे बिल तयार गरी एक लाख २९ हजार ६६७ भुक्तानी लिएको आरोप लागेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend