पब्लिक सूचना
म्यानचेस्टर सिटी युएईको अल अइनलाई ६-० ले हराएसँगै क्लब विश्व कपको अन्तिम १६ पुगेको छ।
पेप गार्डिओलाको टोलीले पहिलो खेलमा विडाड एसीलाई हराएको थियो। समूह जीको शीर्ष स्थान सुरक्षित गर्न सिटीले अब युभेन्टसलाई हराउनु पर्ने हुन्छ । रियल म्याड्रिडको समूह एच को विजेता बन्ने देखिएकोले त्यसबाट जोगिन सिटीले समूह चरणको अन्तिम खेल जित्नुपर्ने हुन्छ छ।
युभेन्टस पनि लगातार दोस्रो जित निकाल्दै नटआउट चरणमा पुगिसकेको छ। युभेन्टसले विडाडलाई ४-१ ले हराएको थियो।
सोमवार सिटीले खेलको आठौँ मिनेटमै इल्काय गुन्डोगानको गोलमा अग्रता बनायो। क्लाउडियो एचेभेरीले २७ औं मिनेटमा पेनाल्टी बक्सको किनाराबाट उत्कृष्ट फ्रि-किकमा गोल गरे ।
पहिलो हाफम इन्ज्युरी समयमा रामी राबियाले बक्सभित्र म्यानुअल अकान्जीलाई लडाउन खोज्दा रेफ्रीले भिडियो रिभ्यु गरेपछि पेनाल्टी दिए। एर्लिङ हालान्डले पेनाल्टीलाई गोलमा परिणत गर्दै सिटीलाई ३-० को अग्रता दिलाए।
गुन्डोगानले ७३ औं मिनेटमा चिप गोल गर्दै टोलीका लागि चौथो गोल गरे। दोस्रो हाफमा मैदान प्रवेश गरेका ओस्कार बोबले ८४ औं मिनेटमा पोस्ट निजकबाट गोल गरे ।
अर्का परिवर्तित रायन चेरकीले खेल सकिन १ मिनेट बाँकी रहँदा क्लबका लागि पहिलो गोल गरे।
अल अइनले २०२४ को एसियाली च्याम्पियन्स लिग जितेर क्लब विश्वकपमा पुगेको थियो थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend