logo
  • आइतबार, असोज १८ २०८३

अपहरणपछि हत्या: हमासद्वारा किब्बुट्जमा मारिएका इजरायलीको शव गाजामा भेटियो


  • पब्लिक सूचना
  • सोमबार, असार ९ २०८२

इजरायली सेनाले गाजामा हमास लडाकू समूहले अपहरण गरेको २० महिनाभन्दा बढी समयपछि तीन जना बन्धकको शव फेला पारेको आइतबार जनाएको छ ।

“गाजा पट्टीबाट एउटा विशेष अपरेशनमा बन्धक बनाइएका ओफ्रा केइडार, योनातान सामेरानो र स्टाफ सार्जेन्ट शाय लेभिन्सनको शव फेला परेको सेनाले जनाएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा अपहरण गरी बन्धक बनाइएका आफ्ना छोरासहित उनीहरूको शब गाजाको किब्बुट्जमा हत्या गरिएपछि गाजामा ल्याइएको र इजरायली सेनाले नियन्त्रणमा रहेको मृतकमध्ये एकका पिताले बताउनुभयो ।

उहाँले इन्स्टाग्राममा पोस्ट गरेको सन्देशमा आइडिएफ (इजरायली सेना) र शिन बेट सुरक्षा सेवाका बहादुर लडाकूहरू’ प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

तीन सन्तानकी आमा ७१ वर्षीया केइडारलाई पनि अपहरण गरिएको थियो भने अक्टोबर ७ को बिहान हमाससँग प्रतिकार गर्ने क्रममा बन्धक बनाइएका १९ वर्षीय ट्याङ्क कमान्डर लेभिन्सनको पनि किब्बुट्जमा मृत्यु भएको थियो ।

सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परी एक हजार २१९ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।

आक्रमणका क्रममा पक्राउ परेका २५१ बन्धकमध्ये ४९ जना अझै गाजामा रहेका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी कारबाहीमा कम्तीमा ५५ हजार ९०८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई भरपर्दो मानेको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend