logo
  • आइतबार, असोज १८ २०८३

सिंगापुरविरुद्धको खेलमा प्रसिद्ध ‘प्लेयर अफ द म्याच’


  • पब्लिक सूचना
  • सोमबार, असार ९ २०८२

काठमाडौं(हाम्रो खेलकुद) – एसिसि मेन्स यु-१६ इस्ट जोन कपको सिंगापुरविरुद्धको खेलमा नेपालका प्रसिद्ध जैसी ‘प्लेयर अफ द म्याच’ भएका छन् ।

सिंगापुलाई ६ विकेटले हराएको खेलमा अर्धशतक बनाएका प्रसिद्ध ‘प्लेयर अफ द म्याच’ भएका हुन् । नेपाललाई सहज जित दिलाउने क्रममा ओपनरका रुपमा आएका प्रसिद्धले अविजित पारी खेलेका थिए ।

उनले ९७ बलको सामना गरेर ५ चौकाको सहयोगमा ५५ रन बनाएका थिए । प्रसिद्धले सिंगापुरका लागि अर्धशतक बनाएर खेलिरहेका कप्तान रियन नायकको क्याच समेत लिएका थिए । १ ओभर बलिङ समेत गरेका प्रसिद्धले ७ रन खर्चिएर कुनै विकेट लिन सकेका थिएनन् ।

१ सय ३९ रनको सामान्य लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend