पब्लिक सूचना
इन्टर मिलानले अमेरिकामा जारी फिफा क्लब विश्वकपको अन्तिम १६ मा पुग्ने सम्भावनालाई जीवित राखेको छ।
उरावा रेड डायमन्ड्सविरुद्ध २-१ को पुनरागमन गर्दै इन्टरले अघिल्लो चरणको आशालाई कायम राखेको हो ।
र्योमा वाटानाबेले ११औं मिनेटमा गोलले जापानी टोलीलाई अग्रता दिलाए । इन्टरले गोलका लागि संघर्ष गर्नुपर्यो ।
लउटारो मार्टिनेजको शानदार ओभरहेड किकमा ७८ औं मिनेटमा बराबरी गोल गरे। भ्यालेन्टिन कार्बोनीले इन्ज्युरी समयमा गोल गर्दै टोलीलाई जित दिलाए ।
उरावा प्रतियोगिताबाट बाहिरयो । समूह इमा इन्टर ४ अंकसहित शीर्ष स्थानमा छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend