पब्लिक सूचना
असार २५ ,आशिष लामिछाने । डेभिड डे हेयाले म्यानचेस्टर युनाइटेड छाडे । नयाँ सम्झौताका लगि सहमति नबनेपछि उनले युनाइटेड छाड्ने निर्णयमा पुगेका हुन् । उनको पुरानो सम्झौता यो समरमा सकिएको थियो ।परिर्माजनसहित पुनः सम्झौताका लागि प्रस्ताव गरेपनि त्यसमा सहमति भने हुन नसकेको बताइएको छ ।

अघिल्लो सम्झौताभन्दा सुविधाहरुमा कम गर्ने प्रस्ताव मान्न भन्दा डे हेयाले युनाइटेड छाड्ने निधोर गरेका हुन् ।

‘म म्यानचेस्टर युनाइटेडका समर्थकलाई विदाई सन्देश दिन चाहान्छु ,’ डे हेयाले समाजिक सन्जालमा लगेका छन्, ‘पछिल्लो १२ वर्षको साथका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु । सर एलेक्स फर्गुसनले मलाई यहाँ ल्याउनुभएको थियो । त्यसयता हामीले धेरै उपलब्धी हासिल गरेका थियो । युनाइटेडको जर्सी लाउनु मेरा लागि गर्वको विषय हो । त्यसअर्थ मा भाग्यमानी हु ।’

युनाइटेड रहँदाका क्षण आफ्ना लागि विर्सन नसकिने र सफल रहेको पनि डे हेयाले बताएका छन् । ‘युवा अवस्थामा मैले म्याड्रिड छाड्छु भन्ने सोचेको थिएन । यहाँहामीले सँगै धेरै उपलब्धी हासिल गरेका छौं,’ उनले भनेका छन्,’ अब नयाँ चुनौतीको सामना गर्ने समय आएको छ । युनाइटेड सधै मेरो हृदयमा रहनेछ । ’

१२ वर्षको यात्रामा डे हेयाले ५ सय ४५ खेल खेलेका छन् । उनले युनाइटेडमा प्रिमियर लिगसहित ८ वटा उपाधि जितेका छन् । युनाइटेडले नयाँ गोलकिपरलाई अनुबन्धनको प्रयास गरिरहेको बताइएको छ ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend