logo
  • आइतबार, असोज १८ २०८३

विद्युत् कार्यालयमा व्यवसायीद्वारा तालाबन्दी


  • पब्लिक सूचना
  • बिहिबार, असार ५ २०८२

टोपलाल अर्याल

रेसुङ्गा, असार ५ गते । गुल्मीको शान्तिपुर इलाका सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिको कार्यालयमा व्यवसायीहरुले तालाबन्दी गरेका छन् । समितिको लापरबाहीको कारण उद्योगी व्यवसायीहरुको व्यवसायमा असर परेपछि शान्तिपुर उद्योग बाणिज्य संघको नेतृत्वमा व्यवसायीहरुले तालाबन्दी गरेका हुन् ।

पटक–पटक विद्युत अनियमित हुने समस्याले पीडित भएपछि चन्द्रकोट बजारमा व्यावसाय गर्ने व्यवसायीहरुले चन्द्रकोट गाउँपालिकामा संचालित सामुदायिक विद्युतलाई केन्द्रीय प्रसारणमा जोड्न माग गरेका छन् । विद्युतमा आधारित व्यावसाय गर्ने व्यवसायीहरुको दुध, माछामासु र होटलहरुमा ठूलो क्षति भएपनि तालाबन्दी गरिएको शान्तिपुर उद्योग बाणिज्य संघका अध्यक्ष तेजेन्द्र थापाले जानकारी दिनुभयो ।

तीन दिनदेखि विद्युत् नहुँदा भएको क्षतिको विवरण सङ्कलन भइरहेकाले स्थानीय तह र विद्युत् कार्यालयसँग बसेर क्षतिपूर्तिसहित उचित समाधन नभए तालाबन्दी जारी रहने थापाले बताउनुभयो । शान्तिपुर बजारकै नजिक पाँच मेगावाटको उपल्लो हुँग्दी हाइड्रोपावर छ । तर स्थानीयहरु बत्तिमुनीको अध्याँरो जस्तै भएकाले सामुदायिक विद्युत्ले प्राधिकरणले जस्तो सेवा दिन नसक्ने भए हस्तान्तरण गर्नुपर्नेमा थापाको जोड रहेको छ ।

विद्युतकाे फल्ट नभेटिएका कारण नियमित हुन नसकेको कारण व्यावसायीहरुले तालाबन्दी गरेको शान्तिपुर इलाका सामुदायिक ग्रामीण बिद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष सिद्धबाबा थापाले बताउनुभयो । उहाँले स्वार्थ नभएर प्राविधिक समस्याका कारण सृजना भएको समस्यालाई अतिरञ्जित नगर्ने थापाले व्यवसायीलाई आग्रह गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend