logo
  • आइतबार, असोज १८ २०८३

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया


  • पब्लिक सूचना
  • बुधबार, असार ४ २०८२

काठमाडौं । इजरायलको तेल अविवस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धार गर्न रजिष्ट्रेसन प्रक्रिया सुरु गरेको छ ।

दूतावासले सूचना प्रकाशित गर्दै नेपालीको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिष्ट्रेसन प्रक्रिया सुरु गरेको हो ।

“इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ,” दूतावासले सूचनामा भनेको छ ।

यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकले दूतावासले उपलब्ध गरेको वेब लिंकमा क्लिक गरी रजिष्ट्रेसन गर्न अनुरोध गरिएको छ ।

इजरायल र इरानबीच युद्ध चर्किएपछि विभिन्न राष्ट्रले इजरायलमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेका छन् । यसै क्रममा नेपालले पनि प्रक्रिया सुरु गरेको हो । इजरायलमा साढे पाँच हजार नेपाली रहेको अनुमान छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend