पब्लिक सूचना
सर्लाहीको बरहथवा नगरपालिका–५, मा मंगलबार एक दिने निःशुल्क पशु स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ ।
बरहथवा नगरपालिका पशु सेवा शाखाको सहयोगमा भएको शिविरमा स्थानीय करिव १ सय भन्दा बढी पशुपालक किसानले आ–आफ्नो पशु चौपायको उपचार र विभिन्न रोगविरुद्धको भ्याक्सीन लगाएका छन् । शिविरमा पशु चिकित्सक मन्जिला निरौला, पशु सेवा शाखाका प्रमुख रामेश्वर राय, पशु सेवा शाखाकै राजकरण रायलगायत भएर पशु चौपायको उपचार र भ्याक्सीनेसन सेवा प्रदान गरेका स्थानीय कृष हित डेरीका अध्यक्ष लक्ष्मण महतोले जानकारी दिए ।

पशु शिविरको उद्घाटन कार्यक्रममा बरहथवाकी मेयर कल्पनाकुमारी कटुवाल, प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापा, वडाध्यक्ष शिवकुमार सिंह लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend