पब्लिक सूचना
फिफा क्लब विश्वकप अन्तर्गत समूह बीको खेलमा युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लब एट्लेटिक म्याड्रिडलाई ४-० ले पराजित गरेको छ ।
पिएसजीले दुवै हाफमा २-२ गोल गर्दै सहज जित पक्का गरेको हो । खेलको १९ औं मिनेटमा फाबियन रुइजले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै फ्रान्सेली टोलीलाई अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयमा भिटिन्हाले अग्रता दोब्बर पारे ।
५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल फर्काएपनि उक्त मुभका क्रममा फल भएकाले गोलले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले मान्यता पाएन । ८७ औं मिनेटमा सेनी मायुलुले गोल गर्दै ३-० को अग्रता दिलाए । इन्ज्युरी यमयमा लि कांग इनले पेनाल्टीमा गोल गर्दै जित पक्का गरे ।
समूह बी अन्तर्गत नै आज ब्राजिलको बोटाफोगो र क्यानडाको सिआटल साउन्डर्सबीच खेल हुँदैछ ।
आजै सम्पन्न समूह ए को खेलमा पोर्चुगलको एफसी पोर्टो र ब्राजिलको पाल्मेरसले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यस समूहमा हिजो इन्टर मायमी र अल आहली पनि गोलरहित बराबरीमै रोकिएका थिए ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend