पब्लिक सूचना
नेकपा (एमाले) निकट अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतले पराजित गर्दै डा. कडरिया अध्यक्ष निर्वाचित भएका हुन्। डा. कडरियाले ७३२ मत प्राप्त गरे भने प्रतिस्पर्धी पौडेलले ७२५ मत ल्याए।
यसअघि उनीहरू दुवै जना सचिव थिए।
अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनमा ड. कडरिया र पौडेल प्यानल सहित प्रतिस्पर्धा गरेका थिए।
पदाधिकारीमा अधिकांश डा. कडरिया प्यानलकै निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी र खुलातर्फ विकास श्रेष्ठ निर्वाचित भए। महासचिवमा दीपक धामी निर्वाचित भए। उनीहरू सबै डा. कडरिया प्यानलका हुन्।
उपमहासचिवमा कमल जोशी निर्वाचित भए। जोशी पौडेलको प्यानलबाट प्रतिस्पर्धा गरेका थिए।
चार सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिमबाबु खान निर्वाचित भएका छन्।
बिहीबार भएको निर्वाचनमा १५४२ मतदातामध्ये १४५३ मत खसेको थियो। अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन गत जेठ २५ गतेदेखि सुरू भएको थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend