logo
  • आइतबार, असोज १८ २०८३

सुडानको ओमडरमानमा हवाई हमला, २२ जनाको मृत्यु


  • पब्लिक सूचना
  • सोमबार, असार २५ २०८०

काठमाडौँ — सुडानको ओमडरमान सहरमा हवाई आक्रमण हुँदा कम्तीमा २२ जना मारिएका छन् । यसलाई सुडानको सेना र विद्रोही अर्धसैनिक बलबीच केही सातायताकै सबैभन्दा घातक हमला भनिएको छ ।

राजधानी खार्तमको छिमेकी सहर ओमडरमानस्थित शनिबार आक्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमलामा केही मानिस घाइते भए पनि उनीहरूको संख्या यकिन छैन ।

सुडानमा सरकारी सेना र अर्धसैन्य बल आरएसएफबीच राजधानी खार्तमसहितका सहरी क्षेत्रमा भएका भीडन्तहरूभन्दा यो आक्रमणको क्षति ठूलो भएको बताइएको छ । गत महिना भने हवाई आक्रमणबाट खार्तममा पाँच बालबालिकासहित १७ जना मारिएका थिए ।

सरकारी सेना र अर्धसैन्य बलबीच लडाइँ जारी रहँदा शुक्रबारको आक्रमणले सहरी क्षेत्रमा थप त्रास फैलाएको बताइएको छ । अर्धसैन्य बल आरएसएफले भने यो आक्रमण सरकारी सेनाले गरेको आरोप लगाउँदै आक्रमणमा ३१ जनाको मृत्यु भएको दाबी गरेको छ ।

बारम्बार गृहयुद्ध सामना गरिरहेको सुडानमा पछिल्लो समय सरकारी सेना र अर्धसैन्य बलका प्रमुखहरू एकआपसमा शक्ति हत्याउनका लागि लडाइँ गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend