logo
  • आइतबार, असोज १८ २०८३

‘मेरी इजु’ को नयाँ भर्सन


  • पब्लिक सूचना
  • सोमबार, असार २५ २०८०

काठमाडौँ — लोक देउडा गायक जेआर भट्टले ‘मेरी इजु’ को नयाँ भर्सन सार्वजनिक गरेका छन् । केही महिना सार्वजनिक गरिएको ‘मेरी इजु’ लाई दर्शकले रुचाइदिएपछि नयाँ भर्सन ल्याएका हुन् ।

पराई घर पुगेकी छोरीलाई पतिले दिएको यातना र पीडाका कथालाई गीतको भिडियोमा समेटिएको छ । जेआरकै शब्द र स्वर रहेको गीतमा गायिका भावना भट्टले पनि आवाज दिएकी छन् । नयाँ भर्सनमा भूमिराज थापाको एरेन्ज, शेरबहादुर बोहराको मिक्सिङ, पुष्प भट्टको छायांकन, विष्णु खड्काको सम्पादन समावेश छ ।

जेआरकै निर्देशनमा बनेको गीतमा उनीसहित हरिस चन्द, ज्योति पाण्डे, गायत्री भट्ट, नरेश जोशी, दीपक भट्ट, दीपक जोशीलगायतको अभिनय छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend