पब्लिक सूचना
काठमाडौँ । पाकिस्तानबाट नेपाल हुँदै भागेकी पाकिस्तानी नागरिक सीमा हैदरलाई भेट्न पाकिस्तानले कन्सुलर पहुँच मागेको छ । सीमा गुलाम हैदर आफ्ना प्रेमी सचिन मीनालाई भेट्न नेपाल हुँदै चार सन्तानसहित अवैध रूपमा भारत पुगेकी थिइन् ।
त्यसको दुई महिनापछि उनी फेरि पर्यटक भिसा लिएर नेपाल आइन् । यसपटक सीमासँग उनका चार सन्तान पनि थिए । तर सचिन भारतमा मात्रै थिए । एफआइआरमा उल्लेख भएअनुसार सीमाले भनेकी छन्, ‘म काठमाडौंबाट मेरा चार छोराछोरी लिएर माइक्रोमा पोखरा आएकी थिएँ । रात परेकोले त्यहाँ (पोखरामा नै) बसेँ र भोलिपल्ट पोखराबाट दिल्लीको लागि बस चढेँ ।’
पोखराबाट दिल्ली आउन सीमाले सृष्टि एसी डिलक्समा तीनवटा टिकट (सिट नम्बर ९, १०,११) बुक गरिन् । उनले बस चालकलाई प्रति टिकट पाँच हजारका दरले पन्ध्र हजार रुपैयाँ दिए । पोखराबाट दिल्ली पुग्न करिब २८ घण्टा लाग्छ । पोखराबाट उनी उत्तर प्रदेशको सुनौली सीमाना हुँदै बस आगरा, नोएडा र त्यसपछि दिल्ली पुगिन् ।
यात्राको क्रममा सीमा लगातार सचिनसँग सम्पर्कमा थिइन् । एफआईआरका अनुसार १३ जुलाईको रात आफ्ना चार छोराछोरीसहित सीमा हैदर यमुना एक्सप्रेसवेमा फलिदा कट नजिकै ओर्लिन्, जहाँ सचिन उनीहरूलाई पर्खिरहेका थिए।
त्यहाँबाट सचिनले सीमा र बच्चाहरूलाई ग्रेटर नोएडाको रबुपुराको अम्बेडकर मोहल्लामा लगे। त्यहाँ सचिनले गिर्जेश नामका व्यक्तिबाट कोठा भाडामा लिएका थिए । सीमा र उनका छोराछोरी सचिनसँग त्यहीँ बस्न थाले। सचिन विगत तीन वर्षदेखि घरनजिकैको किराना पसलमा काम गर्दै आएका थिए ।सीमाका छिमेकीहरू भन्छन् कि उनी धेरैजसो घरभित्रै बस्ने गर्दथिन् । उनको धर्म र नागरिकतामा कसैले शंका गरेनन् ।
यता सीमा जतिसक्दो चाँडो सचिनसँग विवाह गर्न चाहन्थिन्, यसका लागि दुवैले वकिलसँग कुरा पनि गरेका थिए । एफआईआरका अनुसार सीमाले जुन ३० मा सचिनका बुवा नेत्रपालसँग अदालती विवाहको लागि आग्रह गरेकी थिइन् । त्यसपछि उनीहरु कागजपत्र लिएर बुलन्दशहरको अदालतमा पुगे । तर सीमा र बच्चाको राहदानी हेरेर वकिलले ‘तिमी पाकिस्तानको हो । सचिनसँग बिहे गर्न मिल्दैन’ भने पछि उनीहरु रबुपुरा फर्किएका थिए । यहीँबाट उनीहरुबारे प्रहरीले चाल पाएको थियो ।
फर्किएपछि सीमा र सचिन पक्राउ पर्ने भनेर डराएका थिए । त्यसपछि सीमा आफ्ना छोराछोरीलाई साथमा लिएर सामान बोकेर रबुपुरा छोडिन् । भोलिपल्ट बिहान अर्थात जुलाई १ मा सचिन बिहान काम गर्न पसल गए तर केही समयपछि बिदा लिए ।
एफआइआरका अनुसार जुलाई ३ को राति करिब आठ बजे विशेष सूचनामा हरियाणाको बल्लभगढबाट प्रहरीले सचिनसहित सीमा र चार बालबालिकालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले सचिन, उनका बुबा नेत्रपाल र सीमाविरुद्ध विदेशी ऐन १९४६ को धारा १४ र भारतीय दण्ड संहिताको धारा १२०बी अन्तर्गत मुद्दा दर्ता गरेको छ। जुलाई ७ मा उत्तर प्रदेशको जेवर सिभिल अदालतले बुवासहित दुवैलाई जमानत दिएको थियो ।-बीबीसी हिन्दी
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend