logo
  • आइतबार, असोज १८ २०८३

ग्यास लिक भएर आगलागी हुँदा १५ लाखको क्षती


  • पब्लिक सूचना
  • मंगलबार, जेष्ठ २७ २०८२

कञ्चनपुर, जेठ २७ गते । कञ्चनपुरमा एक घरमा आगलागी हुँदा १५ लाखबढीको क्षती भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ वनसाहमा स्थानीय गणेश पन्तको घरमा मङ्गलबार बिहान ११ बजे भएको आगलागीबाट १५ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो।

भान्सा कोठामा राखिएको ग्यास लिक भएर एक्कासी आगलागी हुँदा घरमा भएको धनमाल, लुगाकपडा, फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराले जानकारी दिनुभयो ।

दमकल र स्थानीयको सहयोगमा केही घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट मानविय तथा पशुचौपाया क्षती भने नभएको जनाइएको छ । आगलागीबाट भएको क्षतिको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend