पब्लिक सूचना
प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित भएको हो।
प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छन्।
यही माग राखेर माओवादी, रास्वपा, एकीकृत समाजवादीलगायत विपक्षी दलहरूले सदन चल्न दिएका छैनन्। कांग्रेस र एमाले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने बताइरहेका छन्।
सत्ता र प्रतिपक्षी दलहरूबीच समझदारी नबन्दा प्रतिनिधि सभा बैठक स्थगित भएको हो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend