logo
  • शनिबार, असोज १७ २०८३

फ्रान्सलाई ५-४ ले हराउँदै स्पेन नेशन्स लिगको फाइनलमा


  • पब्लिक सूचना
  • शुक्रबार, जेष्ठ २३ २०८२

स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ। लामिन यामालको २ गोलमा स्पेनले शानदार प्रदर्शनसहित बिहीवार फ्रान्सलाई ५-४ ले हराउँदै फाइनल यात्रा तय गरेको हो। स्पेनले पोर्चुगलसँग फाइनल खेल्नेछ ।

१७ वर्षीय बार्सिलोनाका फरवार्ड यामाललाई यो सिजनको विश्वकै उत्कृष्ट खेलाडीको रुपमा हेरिन्छ । उनी बलोन ड’ओर जित्ने दाबेदारमध्ये एक मानिन्छन् । उनले स्टुटगार्टमा स्पेनका लागि २ गोल गरेका हुन्।

तर फ्रान्सले अन्तिम ११ मिनेटमा ३ गोल खेलमा रोमाञ्चक पुनरागमनको प्रयास गर्‍यो । खेललाई अतिरिक्त समयसम्म लैजाने कोसिस गर्‍यो। यद्दपी त्यो सफल भएन ।

स्पेनले अग्रता जोगायो । अब आइतबार म्युनिखमा स्पेन र पोर्चुगलले फाइनल खेल्नेछन् । फ्रान्स र जर्मनीबीच स्टुटगार्टमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

निको विलियम्सले २२ औं र मिकेल मेरिनोकाले २५ औं मिनेटमा गोल गर्दै स्पेनलाई २-० ले अगाडि बढाए । ५४ औं मिनेटमा यामालले पेनाल्टीमा गोल गरे। आद्रिएन राबिओले आफैलाई फाउल गरेपछि प्राप्त पेनाल्टी यामालले गोल गरेका हुन्।

५५ औं मिनेटमा पेड्रीले विलियम्सको पासमा गोल त्यसपछि ५९ औं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गरे। पेड्रो पोर्रोको फाउलपछि फ्रान्सले पेनाल्टी पाएको हो।

तर यामालले ६७ औं मिनेटमा आफ्नो दोस्रो र स्पेनको पाँचौं गोल गोल गरेपछि खेल लगभग सकिएको जस्तो देखिन्थ्यो।

तर फ्रान्सका परिवर्तित खेलाडी रायान चेर्कीले आफ्नो अन्तर्राष्ट्रिय डेब्युमा एमबाप्पेको पासमा समातेर बल २० यार्डबाट भलीमा शानदार गोल गरे । स्पेनी डिफेन्डर डानी भिभियनले ८४ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल थप रोचक बन्यो ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा रान्डल कोलो मुआनीले चेर्कीको क्रसमा हेड गर्दै गोल खेललाई ५-४ को रोमान्चक अवस्थामा पुर्याए । तर फ्रान्स बराबरी गोल गर्न सकेन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend