logo
  • शनिबार, असोज १७ २०८३

गैरकानुनी भिजिट भिसा कारोबारविरुद्धको आवाजमा बाधा, गोबिन्द पन्थि भन्छन्– म नियोजित दुष्प्रचारको शिकार


  • पब्लिक सूचना
  • बुधबार, जेष्ठ २१ २०८२

हाल “सरोकार केन्द्र” नामक संस्थामार्फत वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरूको उद्धार र कानुनी सहायता दिँदै आएका पन्थिले केही दिनअघि सार्वजनिक रूपमा भिजिट भिसासम्बन्धी अनियमितता र मानव तस्करीमा संलग्न समूहको आलोचना गरेका थिए। तर, त्यसपछि केही तत्वहरूले उनको चरित्र हत्या गर्ने, भ्रम फैलाउने र सामाजिक योगदानमाथि प्रश्न उठाउने नियोजित प्रयास गरिरहेको उनले बताएका छन्।—

उहॅा आफ्नो फेसबुकमा लामो स्टाटस मार्फत लेख्नु हुन्छ …

आदरणीय बुवा आमा , दिदी बैनी , दाजुभाइ लागायत सम्पुर्ण  पत्रकारज्यूहरूमा हार्दिक नमस्कार।

केही दिनअघि मैले “भिजिट भिसा” सम्बन्धी प्रकरणमा आफ्नो व्यक्तिगत धारणा सार्वजनिक रूपमा अभिव्यक्त गरेको थिएँ।मेरो अभिव्यक्तिले यस क्षेत्रमा भइरहेका अनियमितता, शोषण र गलत अभ्यासप्रति जिम्मेवार नागरिक तथा पूर्व सुरक्षाकर्मीकोहैसियतले उठाइएको चिन्ता र सरोकारलाई प्रतिविम्बित गर्थ्यो।

तर दुःखको कुरा के छ भने, मेरो उक्त धारणा सार्वजनिक भएपछि केही स्वार्थी तत्वहरूले नियोजित रूपमा मेरो चरित्र हत्यागर्ने, भ्रम फैलाउने र मेरो सामाजिक योगदानमा प्रश्न उठाउने दुस्प्रयाश गरि रहेको सुन्नमा आएको छ !जुन उनीहरुको चरित्रअनुसार स्वभाबिक मान्न सकिन्छ तर दुःखद त के छ भने, ती तत्वहरूले मिडिया क्षेत्रका केही साथीसँग समन्वय गर्दै मेरो विरुद्धभ्रामक समाचार तथा अफवाहहरू प्रचारप्रसार गर्नमा उद्दत भएको देख्दा सन्चारकर्मी साथिहरु जसले समाजमा शुसाशन रपारदर्शीता को  पहरेदारको अपेक्षा गर्दछौ र हाम्रा दिदी बैनी र दाजु भाइ समेत ५०  डिग्रीमा  बिदेशको भुमिको  तापक्रममाकामको खोजिमा जादा उच्च जोखिममा पारिएको र कतिपय अलपत्र पारिएको र कतिपय शोषणमा परि नारकिय जीवनबिताउन बाध्य भएको र आशुका बलिन्द्र धारा सहित राज्यलाई गुहारी रहदा हामी आफ्नो क्षमता र क्षेत्रको परिधिमा रहेरसुनिरहेर मात्र बस्नु पर्दा को त्यो पीडा  जागिरे जिबनमा भोगेको कारण म मेरो अबकाश पश्चात् त्यस्ता दलाल, तस्कर रगैरकानुनी धन्धामा लागेका हरु लाई निमिट्यान्न पार्नु पर्छ र अब त्यस्तो दु:खद चपेटामा पुर्याउन  प्राय महिलाहरु लाई दिइनुहुदैन भन्ने उद्देशका साथ “सरोकार  केन्द्र ” नामक संस्था खोली उक्त संस्था मार्फत सक्रिय रहदै बहस पैरबी गर्दै गरेको अबगतगराउदछु।

तसर्थ :  म सम्पूर्ण पत्रकार मित्रहरूलाई विनम्र आग्रह गर्न चाहन्छु—कृपया यस्ता नियोजित दुष्प्रचारमा फसेर विषय बस्तु लाईअन्यत्र मोड्ने प्रयास जानी जानी नगरिदिनुहोला ।कुनै पनि समाचार, विश्लेषण वा टिप्पणी तयार गर्दा  बास्तबिकता र समाचारदिनेहरुको भित्री  मनसाय बुझ्नु   तबमात्र समाचार प्रशारण गर्नु हुन अनुरोध छ।तपाईहरुका कुनै जिज्ञासामा प्रत्यक्ष सम्पर्कमारहन सधैं तत्पर छु।म सधैं सत्यको पक्षमा छु र पत्रकारिताको जिम्मेवारी, मर्यादा र निष्पक्षतालाई उच्च सम्मान गर्छु।

डीएसपी पदबाट अवकाश प्राप्त गरेपछि म आफ्नै मात्र निजि फाइदा हुने ब्याबसाय गरेर बस्दा नै मलाई ब्यक्तिगत रुपमाफाइदा थियो! किनकी म अधिबक्त्ता ( कानुन ब्याबसायी ) पनि थिए।तर म जागिरे जीवनकालमा मैले दिदी बैनिले भोगेकोत्यो दु:ख र चीत्कार लाई असह्य  भएर मात्र मैले एक बारको जुनिमा गलत लाई गलत भन्न सक्नु पर्छ भनी जोखिम मोलेरै विषयबस्तुको उठान गरेको हु।मलाई थाहा छ क्रिया पछि प्रतिक्रिया हुन्छ नै, तर त्यस्ता तस्कर, माफिया र लुटतन्त्र मच्चाउनेहरुकाबिरुद्द निर्ममता पुर्बक लाग्नु पर्छ भनेरै जोखिम उठाएको हु।

मेरो अध्यक्षता मा खोलिएको   सरोकार केन्द्र नामक संस्थामार्फत म वैदेशिक रोजगारमा ठगिएका तथा पीडित आमनागरिकहरूका लागि सामाजिक कार्यमा सक्रिय रहदै आज सम्म ११जनाको उद्दार गरेका छौ  र १५ जना लाई निशुल्क कानुनीसेवा प्रदान गर्न सफल भएका छौ र केही लाई कानुनी कठघरामा उभ्याउन पनि। जुन मेरो लागि धेरै सुखद अनुभूति हो।तरभ्रष्टाचार, अवैध भिजिट भिसा कारोबार र मानव तस्करीविरुद्ध खुलेर आवाज उठाउँदा उल्टै त्यही आपराधिक गिरोहहरूले मेरोआवाज दबाउन पारदर्शीता र शुसासन र सत्यतथ्य समाचार  जनसमक्ष सम्प्रेषण गर्ने पबित्र उद्देश्यका साथ खोलिएका   मिडियाप्रयोग गर्न थालेका छन् भन्ने देख्दा र सुन्दा  म अत्यन्तै आश्चर्यचकित र दुःखी छु।

पत्रकारिता भनेको सत्य, निष्पक्षता र पेशागत मर्यादामा आधारित हुनु पर्छ। त्यसैले कुनै पनि विषयमा समाचार सम्प्रेषण वाटिप्पणी गर्नु पूर्व यथार्थमा आधारित अनुसन्धान र प्रत्यक्ष संवाद आवश्यक छ भन्ने कुरामा म जोड दिन चाहन्छु।

अन्त्यमा, सबै सञ्चारकर्मी मित्रहरूलाई सत्यको साथ दिन, जिम्मेवार पत्रकारिताको अभ्यास गर्न र मैले  निस्वार्थ भाबनाकासाथ उठाएका जघन्य  र अमानबिय अपराधको बारेमा गहिरो गरि   बुझ्न त्यसको लागि  आफू सधैं  प्रत्यक्ष सम्पर्कमा रहनप्रतिबद्ध छु।   

आम नेपाली दाजु भाइ तथा दिदी बैनीहरुले मेरो यस अभियानमा सारथिको भुमिका निर्बाह गर्नु हुनेछ ताकी सबै फन्डेवाजहरुको कुत्सित चाल निश्तेज हुने छ्न र हाम्रा दिदी बैनीहरु विभिन्न बहाना र प्रलोभनमा पारेर बेचिन र बेरोजगार युवा युबतीहरुशोषणमा पार्न  मानव तस्कर र दलाल हरुले सयौ पटक सोच्नु पर्ने छ।

सबैको साथ र सहयोग प्रती हार्दिक आभार।

  गोबिन्द पन्थि

पूर्व डीएसपी / अधिवक्ता

संस्थापक – “सरोकार केन्द्र “

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend