logo
  • शनिबार, असोज १७ २०८३

म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनोले साउदी प्रो-लिग अल-हिलालको प्रस्तावलाई गरे अस्वीकार


  • पब्लिक सूचना
  • बुधबार, जेष्ठ २१ २०८२

म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले साउदी प्रो-लिग क्लब अल-हिलालको आकर्षक प्रस्तावलाई अस्वीकार गरेका छन्।

फर्नान्डेजले सो प्रस्तावलाई पछिल्लो केहि दिन गम्भीर रुपमा विचार गरिरहेको बताइएको थियो । जुन प्रस्तावले युनाइटेडमा उन पाउने तलबभन्दा दोब्बर बढी दिने प्रस्ताव गरेको थियो। युनाइटेडमा उनी बढी तलब पाउने खेलाडीमध्ये एक हुन्।

तर, परिवारसँग छलफल गरेपछि, फर्नान्डेजले अल-हिलाललाई उनी क्लबमा नआउने जानकारी गराइसकेका छन्।

मंगलवार जर्मनीमा पोर्चुगलको नेशन्स लिग सेमिफाइनल खेलको अघिल्लो दिन हुने पत्रकार सम्मेलनमा उनलाई यो विषयमा प्रश्न गरिनेछ।

युनाइटेड भने यो खबरबाट खुसी भएको बुझिएको छ।  युनाइटेडका पूर्व प्रशिक्षक रुबेन आमोरिमले फर्नान्डेज ओल्ड ट्राफोर्डमै रहने विश्वास व्यक्त गरेका थिए।

फर्नान्डेजका बारेमा युनाइटेड र अल-हिलालबीच प्रत्यक्षरुपमा कुनै छलफल नै भएको थिएन ।
अल-हिलालले यस क्लब विश्वकपअघि ३० वर्षीय फर्नान्डेजलाई अनुबन्ध गर्न ८० मिलियनदेखि १ सय  मिलियन पाउन्ड सम्मको प्रस्ताव राख्न सक्ने सम्भावना रहेको बताइन्छ ।

फर्नान्डेजले सन् २०२० को जनवरीमा स्पोर्टिङबाट ४७ मिलियन पाउण्डमा युनाइटेड पुगेका थिए। युनाइटेडबाट २ सय ९० खेल खेलिसकेका उनले ९८ गोल गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend