logo
  • आइतबार, असोज १८ २०८३

पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) पहिलो पटक इण्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन


  • पब्लिक सूचना
  • बुधबार, जेष्ठ २१ २०८२

Royal Challengers Bengaluru celebrating win during the final of the Indian Premier League season 18 (IPL 2025) between Royal Challengers Bangalore and Punjab Kings held at the Narendra Modi Stadium, Ahmedabad on the 3rd June 2025 Photo by: s Saikat Das / Sportzpics for IPL

पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) पहिलो पटक इण्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा आज फाइनलमा पञ्जाबलाई ६ रनले पराजित गर्दै आरसिबीले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधि जितेको हो ।

१ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन मात्र बनायो ।

पञ्जाबका शंसाक सिंहले ३० बलमा ३ चौका र ६ छक्कासहुत सर्वाधिक ६१ रन बनाए ‌। इङ्लिसले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३९ रन जोडे ।

कप्तान श्रेयस अय्यर सामना गरेको दोस्रो बलमा नै १ रनमा आउट भए । ओपनर प्रियाशं आर्य २४, प्रभसिमरन सिंह २६ तथा निहाल बढेरा १५ रन जोडे ।

आरसिबीका लागि भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्याले समान २ तथा रोमारियो शेफर्ड, जोस हेजलवुड र यश दयालले समान १ विकेट लिए ।

त्यसअघि पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको आरसिबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनायो।

आरसिबीका पूर्व कप्तान विराट कोहोलीले सर्वाधिक ४३ रन जोडे । उनले ३५ बलमा ३ चौका प्रहार गरे । कप्तान रजत पाटीदार १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । मंयक अग्रवाल १८ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन थपे ।

ओपनर फिल साल्ट ९ बलमा १६, लियम लिविङ्स्टोन १५ बलमा २५, जितेश शर्मा १० बलमा २४ तथा रोमारिया शेफर्ड १७ रनमा आउट भए ।

पञ्जाबका कायल जेमीन्सन र अर्शदिप सिंहले समान ३ तथा अजमतुल्लाह उमरजाई, विजय कुमार वैशाख र युजभेन्द्र चहलले समान १ विकेट लिए ।

लिग चरणमा पञ्जाब पहिलो र ‌आरसिबी दोस्रो स्थानमा रहेका थिए । यी दुई टोली पहिलो क्वालिफायर खेलेका थिए । जसमा पञ्जाबलाई हराउँदै आरसिबी फाइनलमा पुगेको थियो । पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउँदै पुनः आरसिबीसँगको भेट पक्का गरेको थियो ।

आइपिएलको उपाधि जित्ने आरसिबी आठौं टोली हो । आरसिबी चौथो पटकको प्रयासमा च्याम्पियन भएको हो ।

यसअघि आरसिबी फाइनलमा सन् २००९ मा डेक्कन चार्जससँग ६ रन, सन् २०११ मा चेन्नई सुपर किंग्ससँग र सन् २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।

पञ्जाब दोस्रो पटक पनि उपविजेतामा सिमित रह्यो ।२०१४ को फाइनलमा पन्जाब कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend