logo
  • शनिबार, असोज १७ २०८३

श्रेय अगस्तीको स्वरमा “संघर्ष” सार्वजनिक


  • पब्लिक सूचना
  • सोमबार, जेष्ठ १९ २०८२

गत: शनिबार गीतकार संघ नेपालबाट “संघर्ष” म्युजिक भिडियो सार्वजनिकीकरण गरिएको छ। अग्रज गीतकार हरिभक्त बुढाथोकीको शब्द, चेतन चुँडालको संगीत र श्रेय अगस्तीको स्वरमा रहेको संघर्षको संगीत संयोजन चाँद सिंह, मिक्स मास्टर महेश्वर मान राजभण्डारीको छ।

सरोज खनाल, दिपेन्द्र सोनाम र दिपेन्द्र राज गिरीको संयुक्त अभिनय एवं आएल्प शेर्पाको बाल अभिनयमा बनेको उक्त म्युजिक भिडियोको शृंगार पुनम चौधरी, छायांकन दिनेश पराजुली, सम्पादन विकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन् भने कथा साक्षी-श्रेय र भिडियो व्यवस्थापन संकेत अगस्तीको हो। संघर्ष म्युजिक भिडियोमा मानिसको जीवनको संघर्ष एवं एउटा पिता र उसको सन्तानको बिग्रेको सम्बन्धलाइ जताइएको छ। सर्जक बुढाथोकी भन्छन्, “हिजो हामी जन्मिनु अघि अन्धकारमा थियौं, आज दियो झैं बलेर उज्यालो फैलाई रहेका छौं, भोलि फेरि त्यही अन्धकारमा विलिन हुनेछौं। जीवन र मृत्युविचको गुज्रिएको पल नै जीन्दगी हो। ” ८५ वर्षीय गीतकार हरिभक्त बुढाथोकीको यसअघि “मेरो बाबा”, “बुढेसकाल”, “नजर लाग्ला नी”, “दुरी मलाइ हुनु छैन” र “मलाइ हार्न दिंदैन” चर्चित गीतहरुमा पर्छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend