logo
  • आइतबार, असोज १८ २०८३

साइप्रसमा ‘अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी’को वार्षिक उत्सव हुँदै


  • पब्लिक सूचना
  • आइतबार, जेष्ठ १८ २०८२

लिमासोल, साइप्रस – अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस (INCS) को आयोजनामा वार्षिक उत्सव–२०२५ यही जुन ११, बुधवारका दिन लिमासोलस्थित मोल्स पार्कमा भव्य रूपमा सम्पन्न हुने भएको छ।

नेपाल र प्रवासमा सेफ पेशामा संलग्न सम्पूर्ण नेपाली सेफहरुको व्यक्तित्व विकास, सीप अभिवृद्धि र नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सक्रिय INCS ले यसपटकको वार्षिक उत्सवलाई विशेष अवसरको रूपमा मनाउने जनाएको छ। कार्यक्रममा साइप्रसभर कार्यरत सम्पूर्ण नेपाली सेफ दाजुभाइहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।

कार्यक्रममा सेफ समुदायप्रति समर्पण, अनुशासन, सीप र योगदान पुर्‍याउँदै आएका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिनेछ। साथै, नेपाली खानाको प्रवर्द्धन, सेफ समुदायको एकता र सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यले विभिन्न सांस्कृतिक र सामूहिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ।

कार्यक्रमको सफल र प्रभावकारी सम्पन्नताका लागि सहभागीता अनिवार्य रहने आयोजकले जानकारी दिएको छ।

INCS ले सम्पूर्ण नेपाली सेफ वर्गको प्रतिनिधित्व गर्ने साझा मञ्चको रूपमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ। यस संस्थालाई अझ सशक्त, संगठित र प्रभावशाली बनाउने साझा प्रयासमा सम्पूर्ण सदस्यहरुको साथ र सहयोगको अपेक्षा गरिएको छ।

कार्यक्रम सफल बनाउन सबैलाई आग्रह गर्दै सोसाइटीले भनेको छ:
“नेपालि सेफ समुदायको गौरवलाई नयाँ उचाइमा पुर्याऔं, र आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनौं।”

जय अन्तर्राष्ट्रिय नेपाली सेफ एकता!
जय नेपाली सेफ सोसाइटी!

—
सम्पर्क:
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस (INCS)
📞 +357 9608 4091
📧 internationalchefs.community@gmail.com
🌐 internationalchefs.com

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend