logo
  • आइतबार, असोज १८ २०८३

इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा


  • पब्लिक सूचना
  • शनिबार, जेष्ठ १७ २०८२

इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पुगेको छ ।

पञ्जाबको न्यु चण्डिगढस्थित महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज इलिमिनेटरमा मुम्बईले गुजरातलाई २० रनले हरायो । मुम्बईले‌ दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्नेछ। २ सय २९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन मात्र बनाउँन सक्यो ।

गुजरातका ओपनर साई सुदर्शनले ४९ बलमा १० चौका र १ छक्काको सहयोगमा सर्वाधिक ८० रन जोडे पनि टोलीको हार टार्न सकेनन् ।

तेस्रो विकेटका लागि साईले वासिङ्गटन सुन्दरसँग ८४ रनको साझेदारी गरे । सुन्दरले २४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४८ रन जोेडे । कुशल मेन्डिस १० बलमा २०, शरर्फन रादरफोर्ड १५ बलमा २४ रनमा आउट भए । शाहरुख खान १३ बलमा आउट हुँदा राहुल तेवातिया १६ रनमा नट आउट रहे । मुम्बईका लागि ट्रेन्ट बोल्डले २, अश्विनी कुमार, जसप्रित बुमराह, रिचार्ड गिल्सन र मिचेल स्यान्टेनरले समान १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो।

मुम्बईका लागि रोहित शर्माले ८१ रनको अर्धशतकीय इनिङ खेले । उनले ५० बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि रोहितले जोनी ब्रेयस्ट्रोसँग ८४ रनको साझेदारी गरे । ब्रेयस्ट्रोले २२ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन जोडे । दोस्रो विकेटका लागि रोहित र सूर्यकुमार यादवसँग ५९ रनको साझेदारी गरे । सूर्यकुमार २० बलमा १ चौका र ३ छक्काका साथ ३३ रन बनाए ।

तिलक बर्मा ११ बलमा ३ छक्काको सहयोगमा २५ रन बनाएर आउट भए । नमन धिर ६ बलमा ९ रनमा आउट हुँदा हार्दिक पाण्ड्या ९ बलमा २२ रनमा नट आउट रहे । गुजरातका लागि साई किशोर, प्रसिद्ध कृष्णाले समान २ तथा मोहम्मद सिराजले १ विकेट लिए ।

दोस्रो क्वालिफायर आइतवार अहमदावादमा हुनेछ । त्यसको विजेताले रोयल च्यालेन्जर्स बेंगलुरु(आरसिबी) सँग उपाधिका लागि खेल्नेछ । पहिलो क्वालिफायरमा पञ्जाबलाई ८ विकेटले पराजित गर्दै आरसिबी फाइनल पुगिसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend