logo
  • शनिबार, असोज १७ २०८३

आइपिएलमा आज – इलिमिनेटरमा मुम्बई र गुजरात खेल्दै


  • पब्लिक सूचना
  • शुक्रबार, जेष्ठ १६ २०८२

भारतमा जारी १८औं संस्करणको इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज इलिमिनेटर खेल हुदैछ ।

आज हुने इलिमिनेटर खेलमा मुम्बई इण्डियन्स र गुजरात टाइटन्स एकआपसमा खेल्दैछन् । न्यु चण्डिगढको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ मा सुरु हुनेछ ।

गुजरात लिग चरणमा तेस्रो तथा मुम्बई चौथो भएर एलिमिनेटर खेल्दैछन् । यो सिजनमा मुम्बई र गुजरात तेस्रो पटक आमने सामने हुदैछन् । यसअघि भएका दुवै भेटमा गुजरात विजयी भएको थियो ।

मुम्बई र गुजरातबीचको खेलमा विजेता रहने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउने छ । दोस्रो क्वालिफायरमा बिहीबार भएको पहिलो क्वालिफायरको पराजित पञ्जाब किंग्सको सामना गर्नेछ । आजको खेलमा विजयी हुने टोलीले आइतबार अहमदाबादमा पञ्जाबको सामना गर्नेछ ।

दोस्रो क्वालिफायरको विजेताले रोयल च्यालेन्जर्स बेंगलुरु(आरसिबी) सँग उपाधीका लागि खेल्नेछ । पहिलो क्वालिफायरमा पञ्जाबलाई ८ विकेटले पराजित गरेको ले फाइनल प्रवेश गरेको थियो ।

गुजरात र मुम्बईले हालसम्म ७ खेल भएका छन् । जसमध्ये ५ खेलमा गुजरात तथा २ खेलमा मुम्बई विजेता भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend