logo
  • शनिबार, असोज १७ २०८३

नुवाकोट ककनी पर्यटकीय नगरी : प्रदेश सभा सदस्य महत


  • पब्लिक सूचना
  • आइतबार, असार २४ २०८०

नुवाकोट।  नुवाकोटको पूर्वी भेगमा रहेको ककनीमा पर्यटकको आकर्षण बढिरहेको छ। ककनी गाउँपालिका-५ ककनी  आन्तरिक तथा बाह्य पर्यटकीय स्थलको रूपमा प्रख्यात हुँदै गएको छ।

काठमाडौं देखि  २५ किलोमिटर दुरीमा छन्। ककनीबाट लाङटाङ, गणेश, मनास्लु, जुगल हेलम्बु हिमालको दृश्यावलोकन गर्न सकिन्छ।

हिउँद यामसँगै  नेपालको काठमाडौं उपत्यका तथा अन्य जिल्ला तथा विदेशबाट पनि वनभोज र परिवारका साथ घुम्न आउनेको संख्या धेरै छ।  ककनीमा जापानिज रेन्बो ट्राउट माछाका लागि प्रख्यात छ।

विदाका समयमा त ककनी वनभोज तथा घुम्न आउनेको निकै घुइँचो लाग्ने र भ्याइनभ्याइ  हुने स्थानीय पर्यटन व्यवसायी बताउछन । काठमाडौंलगायत स्थानबाट होटेल बुक तथा खाना, खाजाका लागि टेलिफोनमै अर्डर गरेर आउने गरेको स्थानीय बताउछन ।

ककनीलाई पर्यटन क्षेत्रको रूपमा विस्तार गर्ने नयाँ योजना तयार भइरहेको प्रदेश सभा सदस्य रमेश कुमार महतले बताए। ककनीको आयस्रोतमा पर्यटन क्षेत्रलाई प्रमुखता दिइने उनको भनाइ छ।

ककनी रमणीय स्थान भएकाले आन्तरिक तथा बाह्य पयर्टकको रोजाइमा पर्ने गरेको छ।  त्यस ठाउँमा पूर्वाधार विकास गर्न सके स्थानीयको आयआर्जन पनि बढाउन सकिने महतलेले बताए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend