logo
  • आइतबार, असोज १८ २०८३

लमजुङमा २३ वटा सहकारी सस्थाहरु निष्क्रिय


  • पब्लिक सूचना
  • शुक्रबार, जेष्ठ १६ २०८२

लमजुङ, जेठ १६ गते । लमजुङमा २३ वटा सहकारी सस्थाहरु निष्क्रिय रहेका छन् ।  सहकारी रजिस्ट्रारको कार्यालयका गण्डकी प्रदेशले कार्यालयमा दर्ता भएर निष्क्रिय रहेका सहकारीहरू लमजुङमा २३ वटा रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

लामो समयदेखि सम्पर्कमा नआएका तथा निष्क्रिय रहेका सहकारी संस्थाहरूलाई कार्यालयले पटक पटक अद्यावधिक गराउन तथा खारेजीका लागि प्रक्रियामा आउनेसमेत आग्रह गर्दै आएको छ । यद्यपि ती सस्थांहरु अद्यावधिक गर्न तथा खारेजीका लागि पनि नआएको रजिस्ट्रार भेषराज रिजालले बताउनुभयो ।

समर्पकमा नआएका सहकारी सञ्चालकहरूले संस्था अद्यावधिक गर्ने तथा नियमकमा गएर आवश्यक कागजपत्र पेस गरेर संस्था सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । यदि संस्था सञ्चालन नगर्ने हो भने संस्थाको सबै हिसाबकिताब तथा लेखा परीक्षण गरी फरफारक गरेर संस्था खारेज गर्नुपर्ने रजिस्ट्रार रिजालले बताउनुभयो ।

लामो समयदेखि निष्क्रिय रहेका सहकारीहरूमा वित्तीय, उपभोक्ता, बहुउद्देश्यीय र सेवामूलक रहेका छन् । २०३४ सालदेखि २०७१ सालसम्मको विभिन्न मितिमा दर्ता भएका सहकारीहरूमध्ये बेसीशहरका १५, मध्य नेपालका तीन वटा, राइनास र दोर्दीका दुई÷दुई वटा र सुन्दरबजारको एउटा रहेका छन् ।

लमजुङमा प्रदेशअन्तर्गत ६६ वटा र स्थानीय तहअन्तर्गत २ सय ६८ गरी ३ सय ३४ वटा सहकारी रहको तथ्याङ्क छ । जसमा बचत तथा ऋण सहकारी मात्र एक सय ४२ वटा, कृषि सहकारी ९५, बहुउद्देश्यीय सहकारी ३५, उपभोक्ता सहकारी १८, कफी सहकारी १६ र अन्यमा २६ वटा सहकारी संस्था रहको जिल्ला सहकारी सङ्घ लमजुङले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend