पब्लिक सूचना
काठमाडौं, जेठ १४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले भिजिट भिषाको नाममा हुने भ्रष्टाचारविरुद्ध आवाज उठाउन अपिल गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत विदेश जानु अघि वा पछि कसैले घूस मागेको, दबाब दिएको वा असुली गरेको प्रमाण भएका नेपालीहरूलाई सम्पर्क गर्न अनुरोध गरेकी छन्।
सांसद गौतमले लेखेकी छन्, “भिजिट भिषामा विदेश जानुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध छ — विदेश जानुअघि वा पछि तपाईंलाई कसले, कुन माध्यमबाट, कुन खातामा कति घूस तिर्न बाध्य बनायो? यदि तपाईंसँग प्रमाण छ भने, कृपया मलाई sobitarsp@gmail.com मा पठाइदिनुहोस्।”
उनको भनाइमा, धेरै नेपालीहरू विदेश जाने प्रक्रियामा बिचौलिया र भ्रष्ट कर्मचारीहरूबाट ठगिइरहेका छन्। यस्तो अन्याय सहेर बस्न नहुने बताउँदै उनले भनेकी छन्, “अन्याय सहेर बस्ने होइन, बोल्ने र बदल्ने समय आएको छ । भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हौँ।”
सांसद गौतमको यो पहलले विदेश जाने नेपालीहरूबीच उत्साह र आशा जगाएको छ। सामाजिक सञ्जालमा धेरैले उनको अभियानको समर्थन जनाएका छन्।
उनको भनाइ अनुसार प्राप्त प्रमाणहरूलाई सम्बद्ध निकायमा बुझाई कानुनी प्रक्रिया अघि बढाइनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend