पब्लिक सूचना
बलिउड अभिनेता शाहरूख खानको आगामी फिल्मको नाम ‘किङ’ हो। यस फिल्ममा उनी आफ्नी छोरी सुहानासँग देखिँदैछन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार अब यो मल्टिस्टारर फिल्म बनेको छ। फिल्ममा शाहरूख र सुहानासँगै अरशद वारसी, सौरभ शुक्ला, ज्याकी श्राफ, अभिषेक बच्चन, अभय वर्मा, राघव जुयाल, रानी मुखर्जी, दीपिका पादुकोण, जयदीप अहलावत लगायत कलाकारको मुख्य भूमिका रहनेछ।
भारतीय सञ्चारमाध्यमका अनुसार २० मेमा यस फिल्मको छायांकन सुरू गरिएको थियो।
सुजोय घोषले निर्देशन गर्ने लागेको फिल्म २०२६ मा प्रदर्शन हुने बताइएको छ। यो फिल्म शाहरूख खानको होम प्रोडक्सन रेड चिलीज इन्टरटेनमेन्टले निर्माण गर्नेछ। फिल्मको बजेट २०० करोड भारू छ। ‘किङ’ एक एक्सन फिल्म हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend