पब्लिक सूचना
रियल सोसिडाडलाई शनिवार २-० ले हराउँदै रियलले ला लिगामा सुखद अन्त्य गरेको हो । टोलीका लागि दुबै गोल किलियन एम्बाप्पेले गरे ।

एमबाप्पेले ३१ गोल गर्दै ला लिगाको समाप्त गरे। रियलका प्रशिक्षक कार्लो एन्चेलोट्टी र कप्तान लुका मोड्रिचको यो बिदाइ खेल पनि थियो।
खेलको नतिजा अर्थपूर्ण थिएन । किनभने बार्सिलोना पहिले नै ला लिगा च्याम्पियन भइसकेको थियो । रियल दोस्रो हुँदै सिजनको यात्रा सकायो ।
फ्रान्सेली स्ट्राइकरले ३८औं मिनेटमा पहिलो गोल गरे । उनको पहिलो पेनाल्टी प्रहार रोकेपनि रिबाउन्डमा गोल गरे। दोस्रो गोल उनले खेल सकिन ७ मिनेट बाँकी रहँदा गरे।

एम्बाप्पेको रियलमा पहिलो सिजनको सुरुवार केहि सुस्त थियो । यद्दपी उनले अन्तिम ६ लिग खेलमा ११ गोल गर्दै सानदार प्रदर्शन गरे। उनी ला लिगाका सर्वाधिक गोलकर्ता बन्ने निश्चित प्रायः छ।
उनी बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीभन्दा ६ गोलले अघि छन् । बार्सिलोनाले आइतवार एथ्लेटिक क्लबसँग सिजनको अन्तिम खेल खेल्दैछ।
अन्य खेलमा लेगानेसले भालाडोलिडलाई ३-० ले, इस्पान्योलले लास पालमासलाई २-० ले हरायो भने रियल बेटिस र भ्यालेन्सियाले १-१ को बराबरी खेलेका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend