logo
  • शनिबार, असोज १७ २०८३

सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा मुटु रोग चाँडै पत्ता लगाउने प्रणाली विकास


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ ८ २०८२

सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको परीक्षण गर्न लागेको छ। यो प्रणालीले मुटुको स्क्यान चाँडो हेर्न सक्ने भएकाले मुटुमा समस्या छ कि छैन भन्ने चाँडै थाहा पाउन सजिलो हुनेछ।

अहिले मुटुको स्क्यान हेरेर समस्या पत्ता लगाउन २ देखि ४ घण्टा लाग्छ, तर यो एआई प्रयोग गरेपछि १० मिनेटमै नतिजा आउन सक्छ। वरिष्ठ डाक्टर लोहेन्द्रन बास्करनले मंगलबार सञ्चारकर्मीलाई यसबारे जानकारी दिनुभयो।

यो प्रणाली पहिले परीक्षण गरिएको बेलामा ८५ देखि ९९ प्रतिशतसम्म सही नतिजा दिएको थियो। अब यो प्रणाली एक वर्षसम्म अस्पतालहरूमा प्रयोग गरेर त्यसको परिणाम कस्तो हुन्छ भन्ने हेरिनेछ।

‘सिंगापुर मुटु घाउ विश्लेषक’ नाम दिइएको यो प्रणाली सन् २०२५ को तेस्रो चौमासिक (सेप्टेम्बर–अक्टोबरतिर) बाट प्रयोगमा ल्याइनेछ।

सिंगापुरमा मुटुको समस्या हुने रोग सबैभन्दा धेरै मानिसको ज्यान लिने कारण हो। सन् २०२२ मा आठ हजार ३११ जनाको मृत्यु मुटुसम्बन्धी रोगका कारण भएको थियो, जुन कुल मृत्युमध्ये लगभग ३० प्रतिशत हो। रासस, सिन्ह्वा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend