पब्लिक सूचना
तमिल अभिनेता विशाल कृष्ण रेड्डी र अभिनेत्री साई धनशिका विवाह गर्दैछन्। उनीहरूले १५ वर्षको मित्रतालाई विवाहमा परिणत गर्न लागेका हुन्। विशालले फिल्म ‘योगी दा’ को प्रेस मिटमा अभिनेत्री साई धनशिकासँगको सम्बन्धबारे कुराकानी गरेका थिए। साथै उनले २९ अगस्टमा विवाह गर्ने घोषणा समेत गरेका थिए।
विशाल ‘माधा गज राजा’, ‘अम्बाला’, र ‘सान्डाकोझी’ जस्ता फिल्मबाट चर्चामा आएका हुन्।
साई धनशिका पनि चर्चित अभिनेत्री हुन्। उनले सन् २००९ मा ‘पेरनमई’ र सन् २०१० मा ‘मान्जा वेलू’ र ‘निल गवानी सेलाथे’ बाट आफ्नो पहिचान बनाएकी थिइन्। साई धनशिका अभिनेता रजनीकान्तकी छोरी हुन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend