पब्लिक सूचना
चर्चित अभिनेत्री तथा नृत्याङ्गना कविता नेपालीले सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरेकी छिन्। उनले आइतबार सगरमाथा र सोमबार ल्होत्से हिमालको सफल आरोहण गरेकी हुन्। उनको आरोहणको पुष्टि एलिट एक्सपेडिसन टोलीले सामाजिक सञ्जालमार्फत गरेको हो।
कविताले एक दिनको फरकमा सगरमाथा (८,८४८ मिटर) र ल्होत्से (८,५१६ मिटर) हिमाल आरोहण गर्न सफल हुँदै अद्भुत साहस र समर्पण प्रस्तुत गरेकी छिन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend