पब्लिक सूचना
काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकको विषयमा प्रतिवेदन बुझाएको छ । ४५ दिनको समयसीमा पाएको उपसमितिले विधेयकमाथि दफावार छलफल गर्दै प्रतिवेदन शिक्षा समिति सभापति अम्मर बहादुर थापालाई बुझाइएको हो ।
विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमितिलाई दुई पटक गरी कुल ४५ दिनको समय दिएको थियो। पहिलोपटक गत चैत ८ गते ३५ दिनको समय दिइएकोमा, दोस्रो पटक वैशाख २२ गते थप १० दिन समय थप गरिएको थियो।
असार १५ गतेभित्र विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने लक्ष्य अनुसार उपसमितिले विधेयकमा १५८ घण्टा ४५ मिनेट लामो छलफलपछि प्रतिवेदन तयार पारेको हो ।
उपसमितिले २ वटा विषयहरू निजी विद्यालयहरूलाई गुठीमा लैजाने र प्रारम्भिक बाल विकास शिक्षा कति वर्षको हुने भन्ने बाहेकका अन्य दफाहरूमा सहमतिका आधारमा पारित गरेको हो ।
अब समितिमा प्रतिवेदनमाथि छलफल भएपछि प्रतिनिधिसभामा विधेयक पेस गरिनेछ। त्यसका लागि समितिको बैठक जेठ ७ गतेका लागि बोलाइएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend