logo
  • आइतबार, असोज १८ २०८३

क्रिस्टल प्यालेस पहिलो पटक एफए कप च्याम्पियन


  • पब्लिक सूचना
  • आइतबार, जेष्ठ ४ २०८२

LONDON, ENGLAND - MAY 17: Marc Guehi and Joel Ward of Crystal Palace lift the FA Cup trophy after their team's victory in the Emirates FA Cup Final match between Crystal Palace and Manchester City at Wembley Stadium on May 17, 2025 in London, England. (Photo by Shaun Botterill/Getty Images)

क्रिस्टल प्यालेसले एफए कपको उपाधि जितेको छ। प्यालेसले पहिलो पटक एफए कपको उपाधि जितेको हो।

म्यानचेस्टर सिटीलाई शनिवार १-० ले हराउँदै प्यालेसले उपाधि जितेको हो । एबेरेचे एजेले पहिलो हाफमा गरेको गोल प्यालेसलाई च्याम्पियन बन्न पर्याप्त रह्यो । एजेले १६ औं मिनेटमा गोल गरेका थिए ।

सिटीका लागि भने यस सिजन बिर्सनलायक बनेको छ । प्रिमियर लिगको उपाधि रक्षा गर्न नसकेको सिटी च्याम्पियन्स लिग र लिग कपमा पनि सफल हुन सकेको थिएन । सिटी यो सिजन ट्रफीविहिन भयो ।

प्यालेसले भने पहिलो पटक ठूलो उपाधि जितेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend