logo
  • आइतबार, असोज १८ २०८३

‘क्रिमिनल जस्टिस ४’ को ट्रेलर (भिडिओ)


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ १ २०८२

बलिउड अभिनेता पंकज त्रिपाठी अभिनीत वेब सिरिज ‘क्रिमिनल जस्टिस ४’ को ट्रेलर सार्वजनिक भएको छ।

बुधबार जियो हटस्टार युट्युब च्यानलमार्फत वेब सिरिजको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक हत्या, दुई आरोपी र तीन मुद्दाको प्रसंगलाई देखाइएको छ।

रोहन सिप्पीले निर्देशन गरेको वेब सिरिजमा पंकज त्रिपाठीले वकिल माधव मिश्राको भूमिका निर्वाह गरेका छन्। सिरिजमा उनी बाहेक जीशान अय्यूब, श्वेता बसु प्रसाद, मीता वशिष्ठ, सुरवीन चावला, आशा नेगी, खुशबू अत्रे, बरखा सिंह, आत्म प्रकाश मिश्रालगायत कलाकारको अभिनय छ।

यो वेब सिरिज २९ मेदेखि जियो हटस्टारमा स्ट्रीम हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend