logo
  • आइतबार, असोज १८ २०८३

नेपाल युवा संस्था संजाल (आयोन) की अध्यक्ष सुजता बरालद्वारा बुद्धपूर्णिमाको शुभकामना


  • पब्लिक सूचना
  • सोमबार, बैशाख २९ २०८२

काठमाडौं, वैशाख २९ — बुद्धपूर्णिमाको पावन अवसरमा नेपाल युवा संस्था संजाल (आयोन) की अध्यक्ष सुजता बरालले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

एक शुभकामना सन्देश जारी गर्दै बरालले भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको यस विशेष दिनले सबैमा शान्ति, करुणा र अहिंसाको भावना फैलाउने विश्वास व्यक्त गरेकी हुन्। उनले भनिन्, “बुद्धका शिक्षाले हामीलाई सत्य र समभावको मार्गमा अघि बढ्न प्रेरित गर्छ। विशेषगरी युवाहरूले यी शिक्षालाई आत्मसात् गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा क्रियाशील हुनुपर्छ।”

नेपाल युवा संस्था संजाल (आयोन) ले लामो समयदेखि देशभर युवाको क्षमता अभिवृद्धि, सामाजिक उत्तरदायित्व र शान्तिपूर्ण समाज निर्माणमा योगदान दिँदै आएको छ।

बरालको शुभकामना सन्देशले बुद्धपूर्णिमाको महत्त्वलाई स्मरण गराउँदै समस्त नेपालीहरूमा आपसी सद्भाव, सहिष्णुता र एकताका लागि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend