पब्लिक सूचना
नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ घटेको छ।
आइतबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend