logo
  • आइतबार, असोज १८ २०८३

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबिच भेटवार्ता


  • पब्लिक सूचना
  • मंगलबार, बैशाख १६ २०८२

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबिच सोमबार भेटवार्ता भएको छ ।

प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुग्नुभएका अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबिच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

भेटका क्रममा उहाँहरूबिच दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे सकारात्मक छलफल भएको पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार विशेषगरी दुई देशबिचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाइमा पुर्‍याउने र थप प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो ।

भेटमा अध्यक्ष भट्टराईले भारतको कश्मीर क्षेत्रको पहलगाममा भएको आतङ्कवादी हमलाबारे दुःख व्यक्त गर्दै निन्दा तथा भर्त्सना गर्नुभएको थियो । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend